नियम ११
सुरक्षण शुल्क
: (१) यस नियमावली बमोजिम पशुधन सुरक्षण गराउँदा सुरक्षणकर्ताले त्यस्तो पशृधनको कुल सुरक्षण रकमको छ प्रतिशतले हुन आउने रकम वार्षिक सुरक्षण शुल्क बापत कोषलाई बुझाउनु पर्नेछ ।

“(२). उपनियम (१) बमोजिमको वार्षिक सुरक्षण शुल्कमा नेपाल सरकारले कोष मार्फत अनुदान उपलब्ध गराउने व्यवस्था गरेकोमा त्यसरी उपलब्ध गराइएको अनुदान: बापतको रकम घटाई वार्षिक सुरक्षण शुल्कको बाँकी :रकम सम्बन्धित क्रणीको तर्फबाट सदस्य संस्थाले कोषलाई अग्रिम रुपमा भुक्तानी गर्नेछ।

(३) उपनियम (२) बमोजिम सुरक्षण शुल्क लिँदा कोषले कर्जा भुक्तानी गर्ने अन्तिम वर्षको हकमा कर्जा तिर्ने अवधि छ महीना वा सोभन्दा कम बाँकी भएमा छ महिनाको र छ महिनाभन्दा बढी अवधि बाँकी भएमा एक वर्षको सुरक्षण शुल्क लिनेछ ।

(४) उपनियम (१) बमोजिम क्रणीले कोषलाई बुझाउनु पर्ने वार्षिक सुरक्षण शुल्क निजले अनुसूची-३ बमोजिमको सहमतिपत्रमा उल्लेख गरेबमोजिम आफैँले वा सदस्य संस्था मार्फत बुझाउनु पर्नेछ ।